इजरायल, २ जेठ । इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ ।
एसोसिएटेड प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाइएको छ ।
रोयटर्सका अनुसार इजरायलको तर्फबाट भवनको सञ्चालकलाई भवन पूरै भवन खाली गर्न सूचना दिइएको थियो ।
१२ तलाको यस भवनमा अपार्टमेन्टहरू र कैयौं कार्यालयहरू रहेको रोयटर्सले जनाएको छ ।
यस घटनाको बारेमा इजरायली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । इजरायलले विज्ञप्ति निकालेर हमासले कब्जा लिने मानिसलाई मानवढालको रुपमा प्रयोग गर्दै सैन्य सम्पत्ति राखेको भवन भत्काइदिएको बताएको छ ।
गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरू भैररहेका छन् ।















प्रतिक्रिया