शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना महामारी बीचमा तानियो मच्छिन्द्रनाथको रथ

दैनिक नेपाल २०७८ जेठ १ गते २०:०६

काठमाडौँ, १ जेठ । कोरोना महामारीका बीच पनि रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ ।

वर्षा र सहकालको देवता मानिने मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ ।

मानिसको भीडभाड हुन नदिन र अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राती १० बजेसम्म निषेधित तोकेको छ ।

यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मिटरको दूरीमा निषेधित क्षेत्र तोकेको छ । कोरोना महामारीका बीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित