शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ उपत्यकामा २ हजार ९३७ जनामा कोराना पुष्टि

दैनिक नेपाल २०७८ जेठ १ गते १८:०५

काठमाडौँ, १ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा २१४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ४६ जना र एन्टिजेनबाट १२१ जना गरी थप ८ हजार १६७ जनालाई संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना रहेको छ ।

२४ घण्टामा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित