
काठमाडौँ, १ जेठ । कैलालीस्थित सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनीहरुको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५ कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
त्यस्तै, अस्पतालमा गत २४ घण्टामा ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।












प्रतिक्रिया