शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘चम्पा’को नयाँ भर्सनसहित भुपुको धमाकेदार कम्याब्यक, युट्युबको ट्रेण्डिङमा हलचल

दैनिक नेपाल २०७८ जेठ १ गते ९:२७

काठमाडौं । गायक भुपु पाण्डेको ‘चम्पा’को नयाँ भर्सन सार्वजनिक भएको छ ।

पाण्डेको स्वर र संगीत रहेको ‘चम्पा’को नयाँ भर्सन गायिका मेलिना मैनालीले साथ दिएकी छिन् ।

चम्पाको नयाँ भर्सनले युट्युब ट्रेण्डिङमा पाइला हालेको छ । रिलिज भएको तीन दिनभित्रै चम्पाले टप टेनभित्र प्रवेश पाएको छ ।

गायक पाण्डेले चम्पाको नयाँ भर्सनलाई दर्शक स्रोताले रुचाइदिएको प्रतिक्रिया दिएका छन् । सोही कारण गीत युट्युवको ट्रेण्डिङमा परेको उनले बताएका छन् ।

म्युजिक भिडियोमा पाण्डे र अनु परियारको अभिनय रहेको छ । भिडियोलाई रोजन थापाले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा अभिनय गरेकी अनु परियार टिकटकमा भाइरल छिन् । परियारलाई पच्छ्याउनेहरू धेरै छन् । उनका भिडियोहरू टिकटकमा धेरै हेरिनेमा पर्छ ।

गीतमा गोविन्द लम्सालको शब्द रहेको छ । यसअघि ‘चम्पा’को पहिलो गीतमा संगीता थापाको स्वर रहेको थियो । चम्पाको अघिल्लो गीतले राम्रो छाप छाड्न सफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित