
काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णुप्रसाद पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन वटा अस्पताललाई पौने छ करोड रुपैयाँ दिने निर्णय गरेका छन् ।
शुक्रबार अर्थमन्त्रीको शपथ लिएपछि उनले पहिलो यस्तो निर्णय गरेका हुन् ।
अर्थमन्त्रालयका अनुसार अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिएसँगै पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् ।












प्रतिक्रिया