बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

जसपाका वरिष्ठ नेता राजकिशोर यादवका पिताको निधन

दैनिक नेपाल २०७८ वैशाख ३१ गते ९:४५

चोहर्वा, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा)का वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवको पिताको निधन भएको छ ।

प्रतिनिधि सभाका सांसद समेत रहेका यादवका पिता गंगाराम यादवको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । जसपा नेता यादवले भने, ‘बुबाको बुधबार निधन भएको छ । परिवारमा ठूलो बज्रपात परेको छ ।’

सिरहा जिल्लाको नरहा गाउँपालिका– ३ चोहर्वा निवासी गंगारामलाई मिर्गौलालगायतको समस्या रहेको थियो ।

स्व.गंगाराम यादवका पत्नी नेपुरदेवी यादवका साथै चार छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित