शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बहुमतको सरकारका लागि दावी आएनः राष्ट्रपति कार्यालय

दैनिक नेपाल २०७८ वैशाख ३० गते २१:४२

काठमाडौँ, ३० वैशाख । राष्ट्रपति कार्यालयले समय सीमाभित्र कुनै पनि राजनीतिक दलबाट बहुमतको सरकारको लागि दावी पेश नभएको जनाएको छ ।

बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पार्टीबाट सरकार निर्माणको दावी पेश नभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित