१४ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठकः ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौँ उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरे ।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए ।

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेकोा बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।