१४ कार्तिक २०८३, शनिबार

एमाले मिल्ने भएपछि काँग्रेस र माओवादी पछि हटे, फेरि ओली नै प्रधानमन्त्री

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको दावी पेश नगर्ने भएका छन् ।

नेकपा एमालेको विवाद समाधान उन्मुख भएपछि काँग्रेस माओवादी सरकार गठनबाट पछि हटेका हुन् । बिहीबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्तामा कार्यदल बनाएर अघि बढ्ने सहमति भएसँगै नयाँ सरकार गठन प्रक्रिया विफल भएको हो ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

उता जसपाले पनि काँग्रेस नेतृत्वको सरकारका लागि समर्थन नदिएपछि काँग्रेस र माओवादी पछि हटेका हुन् ।

एमाले फुटाएर सरकार बनाउने दाउमा रहेका काँग्रेस र माओवादीलाई अध्यक्ष ओली र नेता नेपालबीचको वार्ता तथा सहमतिले समस्या बनाइदिएको छ ।

यसपछि पुनः ठूलो दलको संसदीय नेताका आधारमा ओली नै प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको छ ।