१४ कार्तिक २०८३, शनिबार

देउवाको प्रस्ताव महन्थ ठाकुरद्वारा अस्वीकार, देउवा-प्रचण्ड छलफल

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीचको वार्ता असफल भएको छ ।

उनीहरुबीच बिहीबार भएको वार्तामा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु नयाँ सरकार गठन प्रक्रियामा नभएको बताएका थिए । उनले आफ्नो पार्टीको माग पूरा नहुने भन्दै तटस्थ बस्ने बताएका थिए ।

उता सभापति देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन् । त्यस्तै, पार्टीको पदाधिकारी बैठक पनि आह्वान गरेका छन् ।