१४ कार्तिक २०८३, शनिबार

वर्ल्डलिंकका सञ्चालक तथा निर्देशक जलानको कोरोनाका कारण मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । कोरोना संक्रमणका कारण इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ ।

बिहीबार विहान जलानको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

४७ वर्षीय जलान करिब १५ दिनअघि अस्पताल भर्ना भई भेन्टेलेटरमा उपचार भइरहेको थियो ।

जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् ।