शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख ३० गते १४:०४

सांकेतिक तस्वीर

चितवन, ३० वैशाख । भरतपुर महानगरपालिका–११ गणेशस्थान बस्ने ४८ वर्षीय राम बहादुर श्रेष्ठको वुधबार बेलुका करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने सूर्यमान श्रेष्ठको घरमा बिजुलीको काम गर्ने क्रममा अचानक नाङ्गो तारमा छोइएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित