शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अरुण तेस्रोको सुरुङमा ढुंगा खस्यो, कृष्ण रानाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख ३० गते ८:३८

संखुवासभा, ३० वैशाख । संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको छ ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका– १२ घर भएका रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

बुधवार बिहान साढे आठ बजे सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खस्दा रानाको घटनास्थलमै मृत्यु भएको थियो ।

ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मीठु राना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो निर्माण कार्यमा नेपाल र भारतका तीन हजारभन्दा बढी कामदार कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित