शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ

दैनिक नेपाल २०७८ वैशाख ३० गते ८:१५

काठमाडौं, ३० वैशाख । कोरोनाभाइरसको संक्रमण झन् बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

जोखिम नियन्त्रणका लागि थप कडाइसहित निषेधाज्ञा थप भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । बिहीबारदेखि निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्यालय आउँदो जेठ १३ गतेसम्मका बन्द गर्न निर्देशन दिएका छन् ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई पनि सकेसम्म कम जनशक्तिबाट व्यवस्थापन गर्न भनिएको छ ।

बिहीबारदेखि खाद्यान्न तथा तरकारी पसलहरू बिहान १० बजेसम्म खोल्न पाइनेछ ।

औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कोही पनि घर बाहिर निस्किन पाउने छैनन् ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित