बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तीन मन्त्री हटाएर नयाँ मन्त्री थपियो

दैनिक नेपाल २०७८ वैशाख ३० गते ७:४०

वीरेन्द्रनगर, ३० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र जलश्रोत तथा उर्जा विकास मन्त्रालयमा सीता नेपालीलाई नियुक्त गरेका हुन् ।

२०७४ माघमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बुधबार बिहान राजीनामा दिएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको खेलकुद र युवालाई आन्तरिक मामिला तथा योजना मन्त्रालयमा लगिएको छ ।

विष्ट र नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्छन् भने शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुन् । माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक पनि हुन् । नवनियुक्त मन्त्रीहरुलाई बिहीबार विहान ११ बजे सपथको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित