बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जेठ २ देखि चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाइँदै, कहाँ कहाँ लगाउन सकिन्छ ?

दैनिक नेपाल २०७८ वैशाख २९ गते २१:५३

फाइल तस्वीर

काठमाडौँ, २९ वैशाख । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोप जेठ २ गतेदेखि दोस्रो डोज लगाइने भएको छ ।

पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउन पाउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

खोप लगाउँदा भीडभाड भएकाले मन्त्रालयले स्थगित गरेको थियो ।

उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन यस अघि नै स्वास्थ्य कार्यालय काठमाडौँले दिएको थियो ।

खोप काठमाडौँ महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् । खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने छ ।

प्रतिक्रिया
सम्बन्धित