शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रेम्डेसिभिर औषधिका लागि आयन हेल्थकेयरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

दैनिक नेपाल २०७८ वैशाख २९ गते २१:३२


काठमाडौँ, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यद्यपि हालसम्म कोभिड—१९ को कुनैपनि औषधि प्रमाणित नभएको पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ । चिकित्सकको प्रिस्क्रिप्सन तथा परिचय पत्रसहित सम्पर्क गर्न मन्त्रालयले जनाएको छ ।

प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित