
काठमाडौँ, २९ वैशाख । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकार (मन्त्रिपरिषद) बाट समय–समयमा भएका आदेश र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा दिएको निर्देशनबमोजिम विषम परिस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थप सजग एवम् क्रियाशील रहेको जनाएकोे छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले महामारी नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान २४सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य संचालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आई.सी.यू., एच. डी. यू., भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सी.सी.एम.सी. ले गर्ने, सम्बद्ध उद्योग २४ सै घण्टा सूचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उद्योगहरुबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हवाईमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णयहरु भएका छन् ।
बैठकमा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरु, गृह सचिव, उद्योग सचिव, औषधी व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महा संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष, सी.एन.आई का अध्यक्ष, अक्सिजन उत्पादन संघका महासचिव, ललितपुर महानगरपालिकाका नगर प्रमुख, मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख, मेडीसिटी अस्पतालका निर्देशक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सहित चिकित्सक एवम् पदाधिकारी र वीर अस्पतालका निर्देशक सहित अन्य पदाधिकारीका बीच कोभिड–१९को प्रभावकारी व्यवस्थापनका विषयमा सघन छलफल एवम् निर्णयहरु गरिएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठः













प्रतिक्रिया