शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

दैनिक नेपाल २०७८ वैशाख २९ गते १७:४०

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

वुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नहुने भन्दै वक्तव्य निकालेपछि नयाँ सत्ता समीकरण विफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित