१४ कार्तिक २०८३, शनिबार

मकवानपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ वैशाख । मकवानपुरमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका दुई जना र भीमफेदीका एक जना पुरुष रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भए लगत्तै उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ कक्षमा भर्ना भएका भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको थियो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ का ५० वर्षीय पुरुषको आज बिहान ९ः२० बजे मृत्यु भएको हो भने हेटौँडा उपमहानगरपालिका वडा नम्वर–३ का ६५ वर्षीय पुरुषको मंगलबार साँझ नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।