
काठमाडौँ, २९ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।
२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया