शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण, १६८ जनाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख २९ गते १६:४१

काठमाडौँ, २९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६२ जना र एन्टिजेन विधिबाट ४२४ जनाको परीक्षण गर्दा क्रमशः पीसीआरमा ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।

२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित