शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बर्दिया प्रहरीद्वारा २४ थान सिलिण्डर संकलन गरेर वितरण

दैनिक नेपाल २०७८ वैशाख २९ गते १२:२०

बर्दिया, २९ वैशाख । बर्दिया जिल्लामा प्रहरीले अक्सिजनका २४ थान सिलिण्डरहरू संकलन गरेर सम्बन्धित निकायमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा बुधबार जारी विज्ञप्तिअनुसार बिभिन्न व्यक्ति, संघ÷संस्था तथा व्यवसायीहरूबाट ठूलो २४ थान अक्सिजन सिलिण्डर संकलन गरेर सम्बन्धित निकायमा बुझाइएको छ ।

जिल्ला विपत व्यवस्थापन केन्द्र बर्दिया, कोभिड अस्पताल माछागढ, कोभिड अस्थाई अस्पताल सानोश्री, आधारभुत नगर कोभिड अस्पताल ठाकुरबाबा, बारबर्दिया नगरपालिका तथा उद्योग बाणिज्य संघ बर्दिया समेतलाई गरी १६ थान वितरण गरिएको छ ।

बाँकी ८ थान प्रहरी कार्यालयमै राखिएको विज्ञप्तिमा उल्लेख छ । आवश्यक पर्ने अस्पताललाई दिइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित