शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दक्षिण भारतका सुपरस्टार एनटीआरलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७८ वैशाख २९ गते ११:३०

मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् ।

अभिनेता आफैले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठीक छु ।’

उनले आफू र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘‘छिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरूले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’

जुनियर एनटीआरभन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्न भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित