शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नयाँ प्रधानमन्त्रीबारे बाबुराम भट्टराईको अर्को उट्पट्याङ प्रस्ताव

दैनिक नेपाल २०७८ वैशाख २९ गते ११:१३

काठमाडौं, २९ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् सांसद बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै उनले यसरी बनने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने बताए । एमालेका अध्यक्ष केपी ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन् ।

उनले केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । उनको दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव अहिलेसम्म प्रधानमन्त्री भएका छैनन् ।

देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने भट्टराईको प्रस्ताव छ । दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनले बताएका छन् ।

भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन् । उनले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित