शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

दैनिक नेपाल २०७८ वैशाख २९ गते ८:२५

लण्डन, २९ वैशाख । स्पेनिस ला लिगामा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लेभान्टे बार्सिलोलाई ३–३ को बराबरीमा रोक्न सफल भयो ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

लेभान्टेसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होडमा पनि धक्का लागेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ ।

३६ खेल खेलको बार्सिलोनाको ७६ अंक छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एट्लेटिको मड्रिडकव् ७७ अंक छ । एट्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा छ ।

४० अंक जोडेको लेभान्टे अंकतालिकाको १३ औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित