१४ कार्तिक २०८३, शनिबार

हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

हुम्ला, २८ वैशाख । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थप बढाइएको छ ।

जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने

हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ ।

पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डअनुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो । –रासस