१४ कार्तिक २०८३, शनिबार

कञ्चनपुरमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ वैशाख । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

यहाँस्थित महाकाली अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ स्रोत व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अहिले सङ्क्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ । “अक्सिजनका भरमा सङ्क्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ति हुन सकिरहेको छैन ।” उनले भने , “अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ । –रासस