
काठमाडौँ, २८ वैशाख । सरकारले चीनबाट ४ सय वटा अक्सिजन सिलिन्डर ल्याएको छ ।
मंगलबार नेपाल एयरलाइन्सको जहाजबाट बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।
कोरोना संक्रमणका कारण अक्सिजनको अभाव भएपछि सरकारले सिलिण्डर ल्याएको हो ।
त्यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ ।
सरकारको २० हजार अक्सिजन सिलिण्डर चीनको अनुदानमा ल्याउने जनाएको छ ।
२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।















प्रतिक्रिया