
काठमाडौँ, २८ वैशाख । प्रहरीले शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारीमा संलग्न रेहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।
बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ ।
वास्तविक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
करिब ७ सय रुपैयाँ पर्ने अक्सिमिटर उनीहरुले २ हजार भन्दा बढी मूल्यमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।












प्रतिक्रिया