बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इन्स्टाग्रामद्वारा कंगनालाई कारबाही

दैनिक नेपाल २०७८ वैशाख २८ गते ११:११

मुम्बई । विवादमा पर्दै आएकी बलिउड नायिका कंगना रनावतलाई इन्स्टाग्रामले कारबाही गरेको छ ।

इन्स्टाग्रामले कंगनाको पोस्ट डिलिट गरेर कारबाही गरेको हो । आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै रनावतमा इन्स्टाग्राममार्फत आफूलाई सानो फ्लुले छोएको भन्दै पोस्ट गरेकी थिइन् ।

पोस्ट डिलिट गरिदिएपछि उनले स्टोरीमा आएको दुई दिनमात्र भएको र एक साता पनि टिक्न नसक्ने बताएकी छिन् । केही दिन अगाडि ट्विटरले उनको अकाउन्ट स्थायी रूपले सस्पेन्ड गरेको थियो ।

सिलसिला जारी रह्यो भने उनको इन्स्टाग्राम पनि स्थायी रूपले सस्पेन्ड हुने धेरै जनाले आशंका गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित