शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भारतको गंगा नदीमा कम्तीमा एक सय जनाको शव फेला

दैनिक नेपाल २०७८ वैशाख २८ गते ९:१९

नयाँदिल्ली, २८ वैशाख । भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ ।

नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको हुन सक्ने अनुमान छ ।

उत्तर प्रदेश सरकारले ४० जनाको शव भेटिएको र तिनीहरूले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ ।

स्थानीयबासिन्दाले नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरू यसअघि नै आएका थिए ।

कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।

भारतमा दैनिक कोरोना सङ्क्रमण र मृत्युदर केही घटेको छ । केही दिनदेखि दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक दिनमा तीन हजार आठ सय ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित