लमजुङ, २८ वैशाख । कोरोना संक्रमण फैलिएसँगै लमजुङमा एक साता निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला सदरमुकाम वेंशीशहरलगायत अन्य स्थानीय तहहरूमा संक्रमितको संख्या दिनहुँ बढेकाले थप संक्रमणलाई रोकथाम गर्न वैशाख २८ गते राति १२ बजेदेखि जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यबस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।
एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अन्य सबै खाले सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
खाद्यन्न तथा तरकारी, पेट्रोलियम पदार्थ, औषधिजस्ता अत्याश्यक उपभोग्य बस्तु बिक्री गर्नेबाहेक सम्पूर्ण पसल, उद्योग व्यापार व्यवसाय गर्न रोक लगाइएको छ । दैनिक उपभोग्य वस्तुको पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्न पाइनेछ ।
धार्मिक, सांस्कृतिक जस्ता जमघट, भेला हुने कार्याक्रममा प्रशासनले रोक लगाएको छ । जिल्लाका नाकाहरुबाट समेत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सम्पूर्ण सवारी साधन र पैदल आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
बैठकले जिल्लाको अवस्था हेरेर निषेधाज्ञाको समय थपघट गर्नु परे जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने समेत निर्णय गरेको छ । लमजुङको राईनास नगरपालिका–७ र दुधपोखरी गाउँपालिकाको वडा नम्बर १ र २ मा यसअघिनै निषेधाज्ञा जारी भएको थियो ।











प्रतिक्रिया