काठमाडौं, २७ वैशाख । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजनको सिलिण्डर लिन सोमबार बेइजिङ जाँदै छ ।
जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्नेछ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्नेछ ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउँदैछ ।
पहिलो खेपमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल ल्याइनेछ ।











प्रतिक्रिया