शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्पेनिस ला लिगा फुटबलमा मड्रिड र सेभिल्लाको बराबरी गोल

दैनिक नेपाल २०७८ वैशाख २७ गते ८:२२

लण्डन, २७ वैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोल गरे । उपाधि भिडन्तमा निकै महत्व बोकेको खेलमा इन्जुरी समयमा गोल गर्दा खेल २–२ को बराबरीमा सकिएको हो ।

रियलका लागि मार्को एसेन्सिओले र इडन हजार्डले एक एक गोल गरे भने सेभिल्लाका लागि रिगेसले र रेकिटिकले एक एक गोल गरे । सेभिल्लाका लागि खेलको २२ औँ मिनेटमा रिगेसले गोल गरे भने ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा रेकिटिकले गोल गरि पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए ।

रियलका मार्को एसेन्सिओले ६७ औँ मिनेटमा गोल गरे । यस्तै, खेलको इन्जुरी समयको ९४ औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाएका थिए । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

दोस्रो स्थानको रियल शीर्ष स्थानको एथलेटिको मडिड्र भन्दा दुई अंकले पछि छ । रियलको ७५ अंक छ भने एथ्लेटिको ७७ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित