बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

दैनिक नेपाल २०७८ वैशाख २६ गते १४:१४

माल्दिभ्स, २६ वैशाख । अन्तरीक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ ।

२१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको प्रमुख भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ । यसअघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको थियो ।

भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरीक्ष एजेन्सीले जनाएको छ । सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरीक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ । सन् २०२० को मे महिनामा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए । एजेन्सी

यस्तो थियो रकेट–

प्रतिक्रिया
सम्बन्धित