बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जसपा नेताद्वय महन्थ र राजेन्द्रले ओलीलाई भने– मत दिन नसक्ने भयौं, बरू तटस्थ बस्छौं

दैनिक नेपाल २०७८ वैशाख २६ गते १२:३९

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका नेताद्वय ठाकुर र महतोले मत दिन नसक्ने भएपछि बरु तटस्थ बस्ने बताएका छन् । जसपाका मागहरू अझै पूरा नभइसकेकाले विश्वासको मत दिन नसक्ने उनीहरुको तर्क छ ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित