६ कार्तिक २०८३, शुक्रबार

संवैधानिक परिषद् बैठकद्वारा संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । संवैधानिक परिषदको बैठकले रिक्त रहेका विभन्नि संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको परिषद् बैठकमा नामहरुबारे छलफल गरी सिफारिस गरिएको हो । यद्यपि ती नामहरु सार्वजनिक भने गरिएको छ ।

प्रमुख पतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहिष्कार गरे पनि परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षता तथा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थितिमा बैठक बसेको थियो ।

बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भएपछि बसेको बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित रहे ।