बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे जसपा नेताद्वय महन्थ र राजेन्द्र

दैनिक नेपाल २०७८ वैशाख २६ गते १२:१५

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

बालुवाटार पुग्नुअघि देउवा निवास बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए । जसपाका यी दुई जना नेताहरु केपी ओली सरकार विकल्प तत्काल नभएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् । सोही सेरोफेरोमा जसपाका नेताहरुले ओलीलाई भेटेका हुन् । यद्यपि जसपा विश्वासको मत दिने सन्दर्भमा तटस्थ बस्ने बताएको छ । तर, उपेन्द्र यादवले भने कांग्रेस–माओवादी गठबन्धनलाई सघाउने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित