शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

संवैधानिक परिषद बैठकमा को–को भए उपस्थित ?

दैनिक नेपाल २०७८ वैशाख २६ गते ११:१५

काठमाडौं, २६ वैशाख । प्रमुख पतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहिष्कार गरे पनि संवैधानिक परिषद्को बैठक बसेको छ ।

परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् ।

बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भएपछि बैठक अहिले बालुवाटारमा बसिरहेको हो । बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित