बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

माधव पक्षका सांसद भन्छन्– बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हो

दैनिक नेपाल २०७८ वैशाख २६ गते ११:०७

काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाका सांसद हिराचन्द्र केसीले माधव–झलनाथ समूहको राजीनामा दिने उर्दीलाई लत्याएका छन् ।

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदले सामुहिक राजीनामा दिने तयारी गरिरहेका बेला सांसद केसीले भने आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने भएकाले माधव–झलनाथ पक्षको उर्दी नमान्ने बताएका हुन् ।

पार्टी हितविपरित आफू नलाग्ने बताउँदै उनले पार्टी अध्यक्ष केवी शर्मा शर्मा ओलीले केही गलत काम गरेको भए पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजीनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित