काठमाडौं, २६ वैशाख । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।
शनिबार राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे–नपरेको नतिजा वेबसाइटमा हेर्न सकिनेछ ।
नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको छ ।
डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने नेपालका लागि अमेरिकी दूतावासले जनाएको छ ।











प्रतिक्रिया