२ कार्तिक २०८३, सोमबार

अफ्गानिस्तानको विद्यालयमा विस्फोट, ३० जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, २६ वैशाख । अफ्गानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा ३० जनाको मृत्यु भएको छ भने थुप्रै सर्वसाधारण घाइते भएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरू धेरैजसो बालिका रहेका छन् ।

शनिबार विद्यालय बिदा भएर विद्यार्थी घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुन्नी इस्लामिक आतंकवादीहरूको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरू बढिरहेका छन् ।