
काठमाडौं, २५ वैशाख । वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५०० शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ ।















प्रतिक्रिया