६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमित सांसदलाई छुट्टै मतदानस्थलको व्यवस्था गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । सरकारले कोरोना संक्रमित सांसदका लागि छुट्टै मतदानस्थको व्यवस्था गर्ने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सोमबारका लागि प्रतिनिधिसभाको विशेष अधिवेश आह्वान गरेकी छिन् । उक्त अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यतालिका छ ।

उक्त प्रयोजनका लागि संक्रमित सांसदले कसरी मतदान गर्न मिल्छ भन्नेबारे शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । छलफलका क्रममा संक्रमित सांसदलाई छुट्टै मतदानस्थल बनाउनेबारे तयारी भएको छ ।

अधिवेशनकै लागि गरिएको सांसदहरुको कोरोना परीक्षणबाट शनिबार साँझसम्म २६ जना सांसदमा संक्रमण पुष्टि भइसकेको छ । ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ ।