बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

टिकटक बनाउने क्रममा भीरबाट लढेर सुभास परियारको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख २५ गते २०:२८

सांकेतिक तस्वीर

उदयपुर, २५ वैशाख । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरी धरान उप–महानगरपालिका–५ का १८ वर्षीय सुभास परियारको शुक्रबार बिहान मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धरानबाट ओखलढुङ्गातर्फ जादै गरेको ना. १ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले उक्त भीरमा टिकटक बनाउने क्रममा लडेको बताइएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएो छ ।

प्रतिक्रिया
सम्बन्धित