शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

दैनिक नेपाल २०७८ वैशाख २५ गते १४:२५

काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जना पत्रकारको निधन भएको छ ।

कोरोना संक्रमणपछि १५ दिनदेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत पत्रकार दिनेश दाहालको आज शनिबार बिहान निधन भएको हो । ४० वर्षीय दाहाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हुन् ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले लामो समयसम्म जनप्रहार साप्ताहिकमा सम्पादकका रुपमा काम गरेका थिए । उनी पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।

स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६५० जना भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

पत्रकार दाहारको निधनप्रति नेपाल पत्रकार महासंघले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको छ । हेर्नुहोस् विज्ञप्ति–

प्रतिक्रिया
सम्बन्धित