बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

तुलसीपुरको आइसोलेशन सेन्टरमा हेलिप्याड निर्माण

दैनिक नेपाल २०७८ वैशाख २५ गते १३:०२

तुलसीपुर (दाङ), २५ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकामा निर्माण भएको आइसोलेशन सेन्टरमा हेलिप्याड पनि निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा थप सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेशन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । १९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट आएको नेपाली सेनाको टोलीले हेलिप्याड निर्माण गरेको हो ।

‘यो सामान्य प्रकृतिको अक्सिजनसहितको आइसोलेशन सेन्टर हो । अक्सिजनको अभावमा तड्पिएका बिरामीलाई राखेर स्वासप्रश्वासमा सहजता ल्याउने हो,’ नगर प्रमुख पाण्डेले भने, ‘थप उपचार गर्नुपर्ने भयो । यदि कसैले म हेलिकोप्टरमार्फत बाहिर उपचार गर्न लैजान्छु भन्नुभयो भने त्यसको अभाव हुन नदिनका लागि हेलिप्याड बनाएका हौं ।’

प्रतिक्रिया
सम्बन्धित