शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रसाइँको दोस्रो गीत ‘हल्काहल्का लजाएर’ युट्युब ट्रेण्डिङको टपटेनभित्र प्रवेश

दैनिक नेपाल २०७८ वैशाख २५ गते १३:०२

काठमाडौं । चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर’ बोलको गीत युट्युब ट्रेण्डिङको टप टेनभित्र परेको छ ।

दुई दिन अगाडि बिहीबार ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीत रिलिज भएको थियो । शनिबार मध्यान्ह १२ बजेसम्म ‘हल्काहल्का लजाएर’ २ लाख ९८ हजारभन्दा धेरै भ्यू पाएको छ ।

२४ हजार लाइक पाएको यो गीतले २ हजार १ सय ९५ कमेन्ट पाएको छ । कमेन्टहरू गीतको पक्षमा सकारात्मक रहेको संगीतकार सन्तोष श्रेष्ठले बताएका छन् ।

‘हल्काहल्का लजाएर’ले सफलता पाएपछि रचनाकार प्रसाइँले निकै उत्साहित भएका छन् । उनले मौका मिल्यौ भने अहिलेकै टिमले अर्को प्रोजेक्ट गर्न सकिने संकेत पनि गरेका छन् ।

उनले भने, ‘दर्शक स्रोताले लगातार दुई वटा गीतप्रति माया देखाउनुभएको सद्भावबाट खुसी भएका छौँ ।’

गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन् ।

यसअघि रचनाकार प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ’ बोलको गीत पनि युट्युब ट्रेण्डिङमा परेको थियो । ‘पुरानो घाउ’ले पनि राम्रो छाप छोड्न सफल भएको थियो ।

गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ । मिक्सिङ/मास्टरिङ श्यामश्वेत रसाइलीको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ ।

अभिनेता राजेश हमालले लामो समयपछि राम्रो नृत्यु गरको निर्देशक पाण्डेले बताएका छन् । अभिनेत्री करिश्मा मानन्धर पनि गीतबाट निकै उत्साहित बनेकी छिन् ।

म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । सम्पादन विकास दाहालको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित